सुदूर नेपाललाई विश्वसँग जोड्दै

भागरथीको हत्यारा छिट्टै पत्ता लाग्छ : गृहमन्त्री थापा

२०७७ माघ २७, १२:५१ खबर संवाददाता

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा (बादल)ले बैतडीकी किशोरी भागरथी भट्टको हत्यारा छिट्टै पत्ता लगाएर र कारबाही गर्ने बताएका छन्।

मंगलबार नेपाल विद्यार्थी संघको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले भागिरथीको केस निर्मलाको जस्तो जटिल नभएकाले छिट्टै हत्यारा पत्ता लाग्ने विश्वास व्यक्त गरे। 

मन्त्री थापाले अपराधीको करिब–करिब नजिक पुगेको भन्दै अपराधी पत्ता लगाउन युवा, विद्यार्थी, नागरिक समाजलगायत सबैको सकारात्मक सहयोगको सरकारले अपेक्षा गरेकोसमेत बताएको नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले बताए।

भागिरथी हत्याकाण्डले मानवतालाई नै कलंकित गराएको भन्दै अपराधमा संलग्नहरुलाई कडा भन्दा कडा कारबाही गर्न नेविसंघले माग गरेको छ।

निर्मलाको हत्यामा संलग्नहरुको खोजी गरी कारबाही गर्न नसकेका कारण बलात्कार र हत्या जस्ता निकृष्ट कार्यले प्रशय पाएको नेविसंघले विज्ञप्तिमा उल्लेख गरेको छ। 

 

कमेन्ट लोड गर्नुस