सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनेरास्ववियुद्वारा धनगढीमा श्रद्धाञ्जली सभा

२०७७ माघ २६, ०८:०४ खबर संवाददाता

धनगढीः अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) कैलालीले भागरथी भट्टको आत्माको शान्तिको कामना गर्दै सोमबार धनगढीमा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ।

गत माघ २१ गते बेपत्ता भएर २२ गते स्थानीय लबलेक सामुदायिक वनमा मृत भेटिएकी बैतडीको दोगडाकेदार गाउँपालिका, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार पछि हत्या भएको भनिए पनि अझै दोषी पत्ता लाग्न सकेको छैन। 

धनगढीको पार्कमोडमा गरिएको सभामा दीप प्रजज्वलन गरी श्रद्धाञ्जली दिइएको छ भने सो सभालाई अनेरास्ववियु कैलाली जिल्ला सह संयोजक समीर जोशीले सम्बोधन गर्दै सत्य तथ्य छानबिन गरी दोषी ऊपर कडा कारवाही गर्न माग गरेका थिए ।

सो कार्यक्रमका सहभागीहरुले भागरथी भट्टलाई न्याय दे! बलात्कारीलाई फाँसी दे! महिला हिंसा बन्द गर!  कानूनी राज्यको पालना गर! उठौं सबै अति भो, मौन बस्दा क्षति भो! , लगायत नारा लगाएका थिए । 

कमेन्ट लोड गर्नुस