सुदूर नेपाललाई विश्वसँग जोड्दै

तनाव लिनेलाई कोरोना खोपले काम नगर्ने !

२०७७ माघ २६, ११:४६ खबर संवाददाता

काठमाडौं: तनाव एवं डिप्रेसन लिने व्यक्तिलाई कोरोनाविरुद्धको खोपको प्रभाव कम पर्ने अमेरिकाका वैज्ञानिकले बताएका छन्। 

उनीहरुले हालै गरेको अनुसन्धानले तनाव र डिप्रेसनको असर कोरोना खोप लगाएपछि बढ्नुपर्ने रोग प्रतिरोधी क्षमतामा पर्ने देखाएको छ। 

ओहियो स्टेट युनिभर्सिटीका वैज्ञानिकका अनुसार अनुसन्धानले के देखायो भने कोरोना खोपको असर मानिसको मानसिक स्वास्थ्यसँग जोडिएको छ। 

अहिलेसम्म भएका अलग–अलग अनुसन्धानले तनावले प्रतिरक्षा प्रणालीमा मात्र होइन, शरीरमा १६ किसिमका असर पार्न सक्छ। तनाव लिँदा टाउको दुख्नेदेखि हृदयाघातसम्मका समस्या आउन सक्छन्।

कमेन्ट लोड गर्नुस