सुदूर नेपाललाई विश्वसँग जोड्दै

सडक र खानेपानीको माग गर्दै बझाङको जयपृथ्वी नगरपालिकामा धर्ना

२०७७ माघ २६, ०६:२८

प्रताप ओली, बझाङः बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ८ बारिलका स्थानीयले गाँउमा सडक विद्युत र खानेपानीको माग गर्दै नगरपालकाको कार्यालयलमा धर्ना दिएका छन्। 

आइतबार उनीहरुले नगरपालिकाको कार्यालय देवलमा नारासहित धर्ना दिएका हुन्। जनप्रतिनिधी निर्वाचित भएको ४ वर्षसम्म पनि गाउँमा विकास नभएको भन्दै उनीहरुले बिरोध गरेका हुन्। नगरपालिकाबाट सो गाउँमा बजेट तथा कार्यक्रमा सडक निर्माण, खानेपानी, विद्युत लगाएतका योजना नपरेको भन्दै उनीहरुले बिरोध गरेका स्थानीय मंगलबहादुर बोहराले बताए। 

खाराबगर बारील सडक खण्डको उपभोत्ता समितीका अध्यक्ष समेत रहेका बोहराले सडक पहिरोका कारण अवरुद्ध भएको र पुनः निर्माणका लागि बजेटको अभाव भएको बताए। उनले गर्भवती, सुत्केरी महिलाहरु तथा विरामीहरुलाई अस्पताल लैजान समस्या हुने गरेको गुनासो गरे। 

जयपृथ्वी नगरपालिकाकी उपप्रमुख जुना जाग्रीले उक्त गाँउमा सडक अति आवस्यक रहेको बताउँदै नगरपालिकाको कार्यापालिकाको बैठेक बसी आवस्यक बजेट विनीयोन गर्ने बताइन्। उनले सो सडकका लागि  ५ लाख रुपैयाँ विनियोजन गरिएको समेत बताइन्। 


 

कमेन्ट लोड गर्नुस