सुदूर नेपाललाई विश्वसँग जोड्दै

भागरथीलाई न्यायको माग गर्दै डडेल्धुराका विद्यार्थी सडकमा

२०७७ माघ २५, ०५:३५ खबर संवाददाता

धनगढीः बैतडीमा बिहीबार मृत अवस्थामा फेला परेकी किशोरीको हत्या प्रकरणका दोषीलाई कारवाहीको माग गर्दै डडेल्धुरामा पनि प्रदर्शन भएको छ।  

दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको भन्दै दोषीलाई यथाशिघ्र कारवाहीको दायरामा ल्याउन मागसहित डडेल्धुरा बुहुमुखी क्याम्पसका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन। 

जिल्ला सदरमुकाममा रहेको क्याम्पसबाट नाराबाजी गर्दै तुफानडाँडा पुगेकाउनीहरुले भागरथीका हत्यारालाई सार्वजनिक गरी तत्काल कारवाहीको माग गरेका छन्। 

बुधबार विद्यालयबाट फर्किने क्रममा सम्पर्कविहिन भएकी भट्टको शव बिहीबार साँझ स्थानीय लवलेक सामुदायिक वनमा भेटिएको थियो। 

उनको बलात्कारपछि हत्या भएको आशंका प्रहरीले गरेको छ। यद्यपी घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस