थप ९९ जनामा कोरोना पुस्टि
धनगढी: नेपालमा पछिल्लो २४ घण्टामा ९९ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै देशभर कोरोना संक्रमतिको कुल संख्या दुई लाख ७१ हजार ८०६ पुगेको छ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु पुष्टि भएको छैन। कोरोनाका कारण देशभर हालसम्म दुई हजार ३५ जनाको मृत्यु भइसकेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा २४८ जना निको भएका छन्। योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ६७ हजार ८१२ पुगेको छ।
हाल देशभर एक हजार ९५९ जना आइसोलेसनमा छन् भने ९५ जना क्वारेन्टिनमा रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ।