कमैया विद्रोहको सुत्रधार यज्ञराज चौधरीः जसलाई पूर्वमन्त्री पन्तको खेतमा टेक्दा २०४ रुपैयाँ जरिवाना !

धनगढी: २ दशक अगाडिसम्म हरेक माघ महिनाभरि कमैया र कमलरी बनाउने र बन्ने छिनोफानो हुन्थ्यो। खासगरि पश्चिम नेपालको थारु वस्तीमा एकातिर माघ पर्वको उल्लास तर अर्कोतिर जमिनदारको घरमा बाँधुवा मजदुरको रुपमा काम गर्ने मान्छे ‘कमैया’को टुंगो लगाइन्थ्यो।
तर तिनै कुप्रथालाई घुँडा टेकाएर स्वतन्त्रताको विजारोपण गर्नेमध्येका एक योद्धा हुन्, गोदावरी नगरपालिका–५ गेटी, कैलालीका ६२ वर्षीय यज्ञराज चौधरी।

विगत स्मरण गर्दै उनी भन्छन्, ‘माघ सुरु भयो कि, माघ पर्वको उल्लास हुन्थ्यो । तर कमैयाको झुपडी चिसोले होइन, पीडाले चिसिन्थ्यो । उथलपुथल मचथ्यो। रुवाबासी चल्थ्यो । पशु सरह किनबेच गरिन्थ्यो । सौकी बढी तिर्नेले छानी–छानी खरिद गर्थे।’

पश्चिम नेपालको दाङदेखि कञ्चनपुरसम्म कमैया प्रथाले जरो गाडेको थियो । जमिनदारलाई तिर्नु पर्ने सौकी (ऋण)का कारण थारु समुदायका बालबालिका कमलरी, गोठाला बस्थे । जवानीदेखि नमरुन्जेलसम्म कमैया र बुक्रही जीवन जिउँथे । उनीहरुको सौकी तिरेर स्वतन्त्र हुने अभिलाशामै पुस्तौं–पुस्ता बित्थ्यो । तर सौकी घट्नुको साटो वर्सेनि चौगुणाले बढ्थ्यो।

जुन कुप्रथालाई आफैले तोड्न लामो संघर्ष गरेको यज्ञराज बताउँछन्। उनले भने–‘हामी आफैबाट सुरु ग¥र्यो। जमिनदारहरुको शोषण विरुद्ध आन्दोलन छेड्यौ । मुक्तीको आवाजलाई बुलन्द गर्याे राज्यलाई बाध्य बनायौ। मुक्त भयौं।’

२००४ सालतिर जमिनदारको अत्याचार, शोषण र दमन सहन नसकेपछि यज्ञराजको बुवा र बाजे दाङको पेरहन्नी भन्ने ठाउँबाट बसाइ सरेर कैलाली आए। तर बसाइ सरेपनि उनको परिवार कमैया प्रथाको चंगुलबाट भने मुक्त हुन सकेन। केही वर्ष जमिनदारको घरमा उनको बुवा टीकाराम डंगौरा र आमा धनिया कुमारी डंगौराले बुक्रही बन्नु पर्र्यो। केही वर्ष कमैया बनेको पारिश्रमिकले उनको बुवाले केही खेत जोडे। खेतीपाती गर्न थाले। तर १४/१५ वर्षका यज्ञराजले भने पारिवारिक ऋण चुक्त गर्न जमिनदारको घरमा गोठालो बस्नु पर्याे।
‘खडेरी परेको थियो । ११६ जनाको परिवारको खर्च जोहो गर्न बुवाले स्थानीय जमिनदार नवराज पन्तबाट ६ हजार ऋण लिनु भयो। त्यही ऋण तिर्नलाई वार्षिक ६ सय रुपैयाँ तलबमा मैले गोठालो बस्नु प¥र्यो’ बाल्य अवस्थालाई स्मरण गर्दै उनले भने।
गोठालो बसेपनि उनले सबथोक गर्नुपथ्र्यो । यहाँसम्म कि, जमिनदार नवराज पन्त पत्नीको महिनावारी हुँदाको कपडा समेत धुनु परेको उनी सम्झिन्छन्। तर जमिनदार नवराज पन्तका छोराहरु सँग केही पढाइका कुरा सिक्न पाउँदा उनी यतिसम्म त सहेरै बसेको बताउँछन्।
‘बहुट अप्ठ्यारो थियो । आन्दोलनले गति लिन सकिरहेको थिएन । उता जमिनदारहरुले ज्यान मार्नेसम्मको धम्की दिन थाले । १९ कमैया र म लगायत केही अभियानकर्मीको त्यो आन्दोलन जीवन मरणको सवाल भयो’, लामो सास तान्दै यज्ञराज भन्छन्।
२४० रुपैया दण्ड बन्यो विद्रोहको बिउ
एक दिनको कुरा हो, गोरु चढाउँदै गर्दा उनको गोरु जंगलबाट निस्केर अर्का जमिनदार तथा पूर्व वनमन्त्री शिवराज पन्तको खेतमा पुगे। नोक्सानी केही नभएपनि जमिनदारका कमैयाहरु उनका गोरुहरु नियन्त्रणमा लिए। ७ वटा चौपाया चह्राउँदै आएका उनी प्रति चौपाया २० रुपैयाका दरले १ सय ४० रुपैया जरिवाना परे । अर्को दिन पुनः ५ गोरु खेतमै टेकेकै कारण १ सय रुपैयाँ जरिवानामा परे।
उनको हारगुहार न त शिवराज पन्तले सुने, न त आफ्नै मालिक नवराज पन्तले। जरिवाना तिर्न अनुरोध गर्दा आफ्नै मालिकबाट निकै खप्की खाएको याद आज पनि यज्ञराजको दिमागमा ताजै छ। ‘गोरुको हेरचाह गर्न तँलाई राखेको छु। न कि पैसा तिर्नलाई’, मालिकले भनेको शब्द उनले स्मरण गरे। जरिवाना वाफतको २ सय ४० रुपैया उनको मालिकले तिर्न त तिरे। तर त्यो रुपैयाँ उनको पुरानो ऋणमा नै थपियो।
जीन्दगीबाट दिग्दार भएका यज्ञराज माघ कुर्न थाले । जे परे पर्ला मुक्ती पाएरै छोड्ने दाउमा लागे । तर ऋण तिर्ने पैसा नहुँदा खिन्न हुन्थे । गाउँकै बरघर जगतराम चौधरीले जमानीमा बसेपछि गोठालोबाट मुक्त भएको र अन्य काम गरेर जमिनदारलाई ऋण चुक्ता गरेको उनी बताउँछन्।
गोदावरी नगरपालिका–१ चैतन्यपुरका जमिनदार शिवराज पन्त क्रुर प्रबृतिका समान्त दिए। १ सय विघा बढी जमिनका मालिक रहेका उनको घरमा २०५४ पूर्व १९ घर कमैया परिवारका १ सय ४४ जना कोही कमलरी, कोही बुक्रही त कोही कमैया बसेका थिए। पूर्व वनमन्त्री समेत रहेका जमिनदार शिवराजले प्रति कमैयाको वर्षिक ज्याला ७ बोरा धान दिने गरेको बताइन्छ। उनको तानाशाही प्रबृतिले उनको कमैया मात्रै होइनन्। आसपासका वस्ती नै त्राहीमान थियो।
जमिनदारको घरमा कमाउन छोडेका यज्ञराजले केही आयआर्जनको काम संगै पढाइ गर्दै आएका थिए। २०३३ सालमै एसएलसी गरेका उनको दिमागमा एउटा विचारले सदा जरो गाडेर बसेको थियो।
‘विना नोक्सानी जरिवाना तिर्नुपरेको पीडा र जमिनदार शिवराजको हुकुमी जञ्जिरबाट १९ घर परिवारलाई कसरी मुक्त गराउने ? भन्ने विचार मेरो मन खेलिरहन्थ्यो । र अभियानमा जुट्न थाले’, कमैया विद्रोहको सुरुवाती अवस्थालाई उनले सम्झे।
उता, दाङमा ब्याक वार्ड सोसाइटी एजुकेसन (बेस)ले कमैया मुक्तिवारे सचेतना कार्यक्रम सुरु गरेको बताइन्छ। २०५२ सालमै बेसकै सक्रियतामै दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा कमैयाहरुको प्रारम्भिक तथ्यांक लिएको थियो। जुनअनुसार ५ जिल्लामा ३६ हजार ५६० जना कमैया भेटिएको यज्ञराज सुनाउँछन्। संगै कमैयाहरुको ऋण मिनाहा गरि कमैयाहरुलाई छुटकारा दिने जमिनदारहरुलाई सम्मान गर्ने गरी बेसले अभियान चलाएको यज्ञराज भन्छन्।
लुकीलुकी कमैयालाई प्रशिक्षण
बेसमा आवद्ध भएर उनले कैलालीमा पनि सो अभियान सञ्चालन गरेका थिए। गेटीकै अर्का जमिनदार सिद्धराज पन्तलाई सम्मान गरि उनका कमैया बोटे चौधरीलाई मुक्त गराएको यज्ञराज चौधरी बताउँछन्। तर शिवराज पन्तलगायतका जमिनदारको अगाडि सो अभियान विफल भयो। तथापि यज्ञराजको गिद्धेनजर त्यही १९ जना कमैयामै कायम रहयो।
‘विभिन्न गैरसरकारी संस्थाहरुले कमैया कन्सल्ट ग्रुप (केसीजी) गठन गरि सचेतनाका विभिन्न कार्यक्रम गर्न थाले। मेरो ध्यान भने उनै कमैयामा थियो । पछि ईकारस् संस्थाको सहयोगमा त्यही कमैया वस्तीमा प्रौढ शिक्षा सञ्चालन गर्र्यौ । २ वर्ष सहजकर्ता राखेर दिउँसो पढायौं । म भने रातीको समयमा कमैयाहरुलाई मुक्तिवारे प्रशिक्षण दिन्थे । यतिमात्रै कहाँ हो, कमैयाहरु धान, गहुँ काट्ने बेलामा उनीहरु खाना खाने बेलामा खेतमै गएर र खाली भएको समय प्रशिक्षण दिन्थे’, यज्ञराज भन्छन्।
मुक्ति रणनीतिमा सट्टापट्टा विवाह
शिवराज र उनका कमैयाहरुको मन जित्न राणनीतिक योजना समेत यज्ञराजले बनाउथे । कमैयाहरुका अगुवाको छोरा सँग आफ्नो मामाको छोरीलाई र मामाको छोरा सँग कमैयाको छोरी सँग सट्टापट्टा विवाह गरेर नातेदार कायम भएपछि कमैया र जमिनदार सँग नजिक भएको उनी बताउँछन्।
२०५६ पुस २९ गते तत्कालीन सरकारले कृषि मजदुरहरुको लागि दैनिक ८ घण्टा काम बराबर ६० रुपैया ज्याला तोकेको थियो । त्यो सरकारी निर्णय नै आफ्नो लागि बलियो अस्त्र बनेको उनको भनाइ छ।
‘माघ आएपछि एक जना कमैया परिवार (बुढाबुढी) को दैनिक ज्याला १ सय २० रुपैयाँ हुन्छ । १ सय २० रुपैयाका दरले ज्याला दिनुपर्ने या कमैया बस्दैनौ भन्न लगाए’, यज्ञराजले भने–‘तर ज्याला पनि नबढाउने, कमैया पनि नराख्ने जमिनदारले जवाफ फर्काए । त्यही जमिनदारकै घरमा कोही कमैया १ त कोही २ पुस्ता बिताइसकेका थिए। जमिनदारले हिसाब किताब सुनाउँदा कमैयाले जमिनदारलाई ८० हजार रुपैया सौकी (ऋण) र ६५ हजार बोरा खौरही (वर्ष नपुग्दै धानलगायत लिइएको खाद्यन्न) तिर्नुपर्ने देखियो ।’ पैसा तिर्न नसकेपछि त्यहाँका कमैयाहरु १ वर्षसम्म कमैया बस्नु परेको उनी सुनाउँछन्।
१९ कमैयाद्वारा विद्रोह
विभिन्न संघ–संस्थाको पहलमा २०५६ चैतमा परेको अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने तयारी गरिएको थियो । कार्यक्रममा कमैया मुक्तिलाई नै प्राथमिकतामा राखिएको थियो । चैत १८ गते आफ्नै नेतृत्वमा गेटीको जंगलमा १९ कमैया र केही स्थानीयको सहभागितामा भेला गरेको यज्ञराज बताउँछन् । पछि सो भेलालाई जुलुशमा परिणत गर्दै ‘सौकी ऋण खारेज गर, कमैयालाई मुक्त गर’ नारा लगाउँदै तत्कालीन गेटा गाविसमा ज्याला सम्बन्धी निवेदन दर्ता गर्न खोजेको तर गाविस कार्यालयले दर्ता गर्न नमान्दा घेराउ समेत गरेको अनुभव यज्ञराजले सुनाउँछन्।
गाविस कार्यालय घेराउ गर्दासम्म कमैया मुक्ती आन्दोलनले राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यमको प्रमुख खुराक बनेको थियो । भने कमैया मुद्धा राष्ट्रियकरण भइसकेको थियो । लगत्तै गाविस अध्यक्ष सन्तबहादुर कार्कीको संयोजकत्वमा आन्दोलन परिचालन समिति समेत गठन गरियो । तर सो कमितिले गति लिन नसक्दा कमैयाहरु अप्ठेरोमा परे।
गोदावरी नगरपालिका–१ चैतन्यपुरका जमिनदार शिवराज पन्त क्रुर प्रबृतिका समान्त दिए। १ सय विघा बढी जमिनका मालिक रहेका उनको घरमा २०५४ पूर्व १९ घर कमैया परिवारका १ सय ४४ जना कोही कमलरी, कोही बुक्रही त कोही कमैया बसेका थिए।
‘बहुट अप्ठ्यारो थियो । आन्दोलनले गति लिन सकिरहेको थिएन । उता जमिनदारहरुले ज्यान मार्नेसम्मको धम्की दिन थाले । १९ कमैया र म लगायत केही अभियानकर्मीको त्यो आन्दोलन जीवन मरणको सवाल भयो’, लामो सास तान्दै यज्ञराजले भन्छन्।
त्यसताका आन्दोलन अगाडि बढाउन डिल्ली चौधरीलाई परिचालन समिति संयोजक बनाइएको र आफु जिल्ला व्यवस्थापक भएर भूमिका निर्वाह गरेका उनी बताउँछन्।
जोसिदै यज्ञराजले भने–‘पछि जे होला–होला भनेर जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउन पुग्यौ । तत्कालीन सिडियो ताना गौतमले हाम्रो ज्ञापनपत्र समेत बुझ्न इन्कार गरे । इन्कार गरेपछि हामी धर्ना सुरु ग¥र्यौ । बर्खा पनि सुरु भइसकेको थियो । हामी लगातार १४ दिन धर्नामा बस्यौ । यहाँ सँगै राजधानी काठमाडौंमा पनि आन्दोलन गर्न गयौ।’
कमैया आन्दोलन उत्कर्षमा पुगेपछि जमिनदारले १९ घरपरिवारका कमैयापरिवार घरबाट निकाला गरे । उनीहरु घरबारविहिन भए । जमिनदारले बस्न नदिएपछि जम्मै कमैयाहरु आफ्ना बालबालिका, गुन्टीगुन्टा बोकेर आफ्नो घरमा शरण लिन आएको यज्ञराज सम्झिन्छन् । आफुले हरेश नखाई सबैको व्यवस्थापनमा समेत जुटेको उनको भनाइ छ।
त्यसताका आफु स्थानीय सामुदायिक वन समूहको सचिव समेत रहेको बताउँदै उनले भने–‘जमिनदारहरुले यज्ञराज नै तिमीहरु (कमैया)को नेता हो । उसैको घरमा जाउ । उसैले खाना दिन्छ भनेर पठाएपछि कमैयाहरु मेरो घरमा आए । पछि मैले समूहमार्फत केही काम र खानाको बन्दोवस्त गरे।’
तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा ग¥र्यो । कमैयाहरु जमिनदारको जञ्जिरबाट मुक्त भए । तर उनीहरुलाई तत्कालै पुनस्र्थापनासहित गाँस, बास, कपासको समस्या भयो । पुनः पुनस्र्थापनाको लागि आन्दोलन गरेको अनुभव उनी सुनाउँछन्।
भूमि आयोगबाट आशा पलायो
कमैया मुक्ति भएको हाल २० पूरा भएको छ। अधिकांश पूर्वकमैया आफ्नै जग्गा र आफ्नै घरमा बसोबास गर्दै आएका छन्। तर अझैपनि केही कमैया पुनस्र्थापना हुन सकेका छैनन् । जुनकारण आफुलाई निकै दुःख लाग्ने गरेको यज्ञराज बताउँछन्।
तर भूमि सम्बन्धी समस्या समाधान आयोगले भूमिहीन कमैयाको व्यवस्थापनको लागि कार्य थालेकोले पुनस्थार्पनाको आशा पलाएको बताउँछन्।