सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा त्रिपालमुनि बस्दै कैदीबन्दी

२०७७ माघ २२, ११:५२ खबर संवाददाता

बैतडी: बैतडी जिल्ला कारागार बैतडीमा क्षमता भन्दा बढी कैदीबन्दी हुँदा बसोबासको समस्या भएको छ।

क्षमताभन्दा झण्डै तेब्बर कैदीबन्दी कारगारमा भएपछि बस्ने ठाउँको अभावमा त्रिपाल राखेर उनीहरुलाई बसाइएको कारागारका जेलर अनिल तिवारीले बताए।

कारागारमा २५ जना कैदीबन्दी राख्ने क्षमता भएपनि अहिले ७१ जना कैदीबन्दी रहेको उनले बताए। 

कारागारमा अहिले ३९ जना कैदी र ३२ जना थुनुवा रहेका छन्। भित्र बस्ने ठाउँ नभएपछि कारागारको आँगनमा टेन्ट राखेर कैदीबन्दीहरुको बसोबासको व्यवस्था मिलाइएको छ।

१० जना टेन्टभित्र बसीरहेका छन् भने बाँकीलाई कोठाभित्र बसोबासको व्यवस्था मिलाइएको छ। 

जिल्ला कारागारमा बसोबासको उचित व्यवस्था नहुँदा कैदीबन्दीहरुले बेलाबेलामा गुनासो समेत गर्ने गरेका छन्। २०४० सालमा निर्माण गरिएको कारागार भवनलाई बेलाबेलामा मर्मत गरिएको भएपनि कोठा थपिएको छैन्। 

कमेन्ट लोड गर्नुस