सुदूर नेपाललाई विश्वसँग जोड्दै

कूलप्याडका दुई नयाँ मोडल ‘कूल १०’ र ‘कूल एस’ स्मार्टफोन धनगढीमा

२०७७ माघ २१, ०६:२१ खबर संवाददाता

धनगढीमा: चिनियाँ मोबाइल फोन ब्राण्ड कूलप्याडले धनगढीमा आफ्ना २ वटा नयाँ मोडलहरू सार्वजनिक गरेको छ। ‘कूल १०’ र ‘कूल एस’ नामक दुई मोडलका स्मार्टफोनहरू सार्वजनिक गरिएको हो। 

कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष गोपाल हमालले ‘कूलप्याड’ स्मार्टफोन सार्वजनिक गरेका हुन्। धनगढीको हिमालय ट्रेड सप्लायर्सले ‘कूलप्याड’ स्मार्टफोन बिक्रि वितरण गर्ने बताइएको छ।

‘कूल १०’ स्मार्टफोन
कूलप्याडको कूल १० स्मार्टफोनमा ६.५२ इन्चको वाटरड्रप नोच डिस्प्ले डिजाइन रहेको छ भने फोनमा फोटोग्राफीका लागि १६ मेगापिक्सेलको मुख्य क्यामरा, ०.३ मेगापिक्सेल प्लस ०.३ मेगापिक्सेलको रियर क्यामरासहित ड्यूल एआई क्यामरा रहेको छ। सेल्फीका लागि ८ मेगापिक्सेलको एआई क्यामरा राखिएको छ।

फोनमा पावर दिनका लागि शक्तिशाली ५ हजार एमएएच ब्याट्री प्याक रहेको छ भने यसमा लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, साइड फिंगर प्रिन्ट र फेस अनलक फिचरहरू रहेका छन्।

कूल १० स्मार्टफोनमा हेलियो पी ६० प्रोसेसरका साथमा ४ जीबी र्याम र ६४ जीबी स्टोरेज अप्सन रहेको छ। यो फोनको बजार मूल्य १६ हजार ५९५ रूपैयाँ तोकिएको छ।

‘कूल एस’मा स्मार्टफोन
त्यसैगरी अर्को स्मार्टफोन ‘कूल एस’ स्मार्टफोनमा ६.५२ इन्चको कर्नर पन्चहोल फूलएचडी प्लस डिस्प्ले डिजाइन रहेको छ भने फोटोग्राफीका लागि ४८ मेगापिक्सेलको क्वाड क्यामरा सेटअप रहेको छ। 

फोनमा मुख्य क्यामरा ४८ मेगापिक्सेलका साथमा २५ मेगापिक्सेल प्लस २ मेगापिक्सेल तथा ५ मेगापिक्सेलको माइक्रो क्यामरा रहेको छ। यसको रियर क्यामराले स्लोमो समेत खिच्न सकिने छ।

फोनमा पावर दिनका लागि शक्तिशाली ५ हजार एमएएच ब्याट्री प्याक रहेको छ भने यसमा लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, साइड फिंगर प्रिन्ट, फेस अनलक, ब्लूटूथ, यूएसबी टाइप सी, एनएफसीलगायतका फिचरहरू रहेका छन्।

कूल एस स्मार्टफोनमा हेलियो पी६० प्रोसेसरका साथमा ४ जीबी र्याम र १२८ जीबी स्टोरेज अप्सन रहेको छ। यो फोनको बजार मूल्य २२ हजार ५९५ रूपैयाँ तोकिएको छ। यी दुबै स्मार्टफोनहरू एन्ड्रोइड १० अपरेटिंग सिस्टममा आधारित छन्।

कूलप्याडले छिटै नै यी दुबै मोडलका अन्य भेरिएन्टहरू समेत सार्वजनिक गर्ने तयारी गरिरहेको छ। कम्पनीले देशभर आफ्ना ३५ बितरकहरूमार्फत कूलप्याड मोबाइल फोन बिक्री गरिरहेको छ भने ग्राहकरुलाई विक्रीपछिको सर्भिसका लागि देशभर ४० भन्दा बढी स्थानमा सर्भिस सेन्टरहरूमार्फत सेवा दिईरहेको बताएको छ।

कमेन्ट लोड गर्नुस