सुदूर नेपाललाई विश्वसँग जोड्दै

समावेशी आयोगको अध्यक्ष भन्दा पार्टीको संगठन विस्तारमा लाग्छु : खत्री

२०७७ माघ २१, ०६:०७ खबर संवाददाता

बझाङः संविधान सभा सदस्य मानप्रसाद खत्रीले समावेशी आयोगको अध्यक्ष पद अस्विकार गरेका छन्। 

संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारी भएपछि मंसिर ३० गते बसेको परिषद्को बैठकले खत्रीलाई समावेशी आयोगको अध्यक्षमा सिफारिस गरेको थियो। तर पार्टी एकता सुदृढीकरण बनाउन उक्त पद अस्विकार गरेको खत्रीले बताए। 

बुधबार भएको सपथ कार्यक्रममा आफुले पद अस्विकार गरेको भन्दै खत्रीले नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजनको अवस्थामा पुगेकाले उक्त पद भन्दापनि पार्टीमै बसेर काम गर्ने बताए। 

पार्टी रहे पदहरु बेलाबेलामा आउने भएकाले आफुले निस्वार्थ र इमान्दारिका साथ पार्टीको संगठन विस्तारमा लाग्ने समेत उनले बताए। 

खत्री नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बझाङका संस्थापक सदस्य हुन। २०४९ र २०५४ का मालुमेला गाविस अध्यक्ष हुँदै बझाङ जिल्ला विकास समिती सभापती बनेका मानप्रसाद खत्री २०७० को संविधान सभा सदस्य समेत रहेका थिए।

कमेन्ट लोड गर्नुस