बैतडीमा कृषक समूह र स्थानीय निकायबीच अन्तरक्रिया
बैतडी: बैतडीमा कृषक समूह र स्थानीय निकायबीचको सम्बन्ध विस्तार गर्न लागि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
मर्सिकोर नेपालको आर्थिक सहयोगमा साडा बैतडीद्धारा संचालन गरिएको आर्थिक विकासमार्फत विपद् जोखिम व्यवस्थापन परियोजना र डिलासैनि गाउँपालिकाको संयुक्त सहकार्यमा अन्तरक्रिया कार्यक्रम गरिएको हो।
कृषकसमूहहरुको क्षमता विकास तथा स्थानीय निकायसँगको सम्बन्ध विस्तार तथा श्रोतहरुमाथि थप पहँुच विस्तार गर्न कार्यक्रम संचालन गरिएको नेक्सस सुपरभाईजर दिपेन्द्र बोहराले बताए।
गोकुलेश्वर बैतडीमा आयोजना गरिएको कार्यक्रममा कृषक समुहहरुबाट १९ जनाको सहभागिता थियो। कार्यक्रमको सहजीकरण डिलासैनी कृषिका कुमोदबहादुर पाल, पशु शाखाका शंकर साउद र धर्मानन्द जोशीले गरेका थिए।
कार्यक्रम सञ्चालनकै क्रममा डिलासैनी गाउँपालिकाबाट किसानहरुलाई पशुहरुको लागि एकदमै उपयोगी करिब १३ हजार ९ सय २० बराबरको औषधि निःशुल्क वितरण गरिएको थियो।
कृषक समूहहरुको संस्थागत विकासका साथै श्रोतमाथि पहँुच बृद्धि गर्नको यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्ने साडा बैतडीका कार्यक्रम संयोजक नागेन्द्र प्रसाद भट्टले बताए।