बैतडीका जयबहादुर चन्द अख्तियारको आयुक्त
बैतडी: पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आयुक्तमा नियुक्त भएका छन्।
गत मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकले चन्दलाई आयुक्त पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो। सोही सिफारिस अनुसार बुधबार चन्दले शपथ ग्रहण गरेका छन्।
प्रहरी अतिरिक्त महानिरीक्षकबाट सेवा निवृत भएका चन्द अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा नियुक्त भएका हुन।
२०४४ सालमा प्रहरी निरीक्षक हुँदै नेपाल प्रहरीमा भर्ना भएका चन्द २०७३ सालमा प्रहरी महानिरीक्षकमा समेत नियुक्त भएका थिए।
बैतडीको सुर्नया गाउँपालिका–४ बंसल्ला पुख्र्यौली घर भएका चन्द प्रहरी सेवामा रहँदा पनि नयाँ योजना बनाएर काम गर्ने व्यक्तिको रुपमा परिचित भएका थिए।