सडक अवरुद्ध हुँदा यात्रुहरुलाई सास्ती
बैतडीको दुदिलाखानबाट गाजरीसम्मको सडक अवरुद्ध यात्रुहरुलाई सास्ती भएको छ । सिगास गाउँपालिका– २ गाजरी पुग्ने सडक वर्षातको पानीसँगै कच्ची सडकमा आवत जावत गर्न पनि समस्या भएको स्थानीय भान बहादुर बोहराले जानकारी दिनुभयो । एक महिना देखि गाडी चल्न समेत बन्द भएको र ट्याक्टरको प्रयोगले सडक पुरै हिलाम्य र ठुलठुला खाल्डाहरुकै कारण अबरुद्ध भएको हो । सडक पुरै हिलाम्य सास्ती खेप्नुपरेको भएपनि सम्बन्धित निकायको ध्यान नगएको स्थानीयबासीको आरोप रहेको छ । यस्तै अनारखोली देवल सडक खण्डको चुल्लेक, मगराउँ भुल्कुडा लगायतका क्षेत्रमा पहिरो जाँदा सडक बाटो अवरुद्ध भएको छ ।