सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा हाजिर भएको भोलिपल्ट नै प्रशासकीय अधिकृतको सरुवा

२०७७ माघ २०, १२:३४ खबर संवाददाता

बैतडी: बैतडीको सिगास गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर भएको हप्तादिन नपुग्दै सरुवाको पत्र आएको छ।

माघ १२ गते हाजिर भएका अधिकृत कविन्द्र ओझालाई सामान्य मन्त्रालयबाट कञ्चनपुरको बेलौरी नगरपालिका सरुवा गरिएको भन्दै १६ गते पत्र आएको हो।

सरुवा भएर गाउँपालिका पुगेका ओझालाई माघ १३ गतेको निर्णय भन्दै १६ गतेको मितिमा पत्र काटेर सरुवा गरिएको पत्र आएको गाउँपालिका अध्यक्ष हरीसिँह धामीले बताए। 

१२ गते हाजिर भएका प्रमुख प्रशासकीय अधिकृतलाई १३ गते मन्त्रालयको बैठकले सरुवा गर्ने निर्णय गरेकोमा उनले असन्तुष्टि पोखे। ‘रफ्तारमा भइरहेको काममा त्यसले प्रत्यक्ष असर गरेको छ’ उनले भने, ‘अधिकृत ओझाकै नाममा खाता सञ्चालन भइसकेको थियो। अब त्यति छोटो समयमा सरुवा भयो। यसरी कार्यसम्पादन गर्न असहज भएको छ।’

उनले निमित्त नभएकाले विकास तथा पूर्वाधारका काम गर्न समस्या भएकाले अब कार्यपालिकाको बैठकबाट निमित्त तोक्नका लागि मन्त्रालयलाई पत्र लेख्ने बताए। 

कमेन्ट लोड गर्नुस