सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा रुखबाट खसेर युवकको ज्यान गयो

फाइल फोटो
फाइल फोटो
२०७७ माघ २०, १०:५१ खबर संवाददाता

बाजुरा: बाजुरामा रुखबाट खसेर एक युवकको मृत्यु भएको छ। जिल्लाको बुढीनन्दा नगरपालिका–४ का २० वर्षीय मनोज रोकायाको रुखबाट खसेर मृत्यु भएको स्थानीयले बताएका छन्। 

सोमबार दिउँसो बाख्रालाई स्याउला काट्न रुख चढेका बेला लडेर उनको घटनास्थलमै ज्यान गएको स्थानीय चन्दलाल बोहोराले बताए। 

बाँकेको बागेश्वरी कलेजमा कक्षा १२ मा अध्ययनरत रोकाया घर आएका थिए। 

कमेन्ट लोड गर्नुस