सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप १०५ जनामा कोरोना पुस्टि, २ जनाको मृत्यु

२०७७ माघ १८, ०५:०४ खबर संवाददाता

धनगढी: नेपालमा १ सय ५ जना कोरोना संक्रमित थपिएका छन्।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये २ हजार २९ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ३ हजार ३ सय ८ जनाको पिसिआर परीक्षण गर्दा १ सय ५ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ७१ हजार ७ पुगेको छ। 

आइतबार थप २ जनाको मृत्यु भएको छ। यो सँगै कुल संक्रमित मृतकको संख्या २ हजार २९ पुगेको छ। हाल १ सय २ जना क्वारेन्टाइनमा छन्। 

कमेन्ट लोड गर्नुस