भारतसँग सीमा जोडिएको दार्चुलाको पुलघाटमा हेल्थ डेस्क
धनगढी : भारतसँग सीमा जोडिएको दार्चुलाको पुलघाटमा हेल्थ डेस्क स्थापना गरिने भएको छ ।
सीमा क्षेत्रबाट आवतजावत गर्ने नागरिकको स्वास्थ्य परीक्षणका लागि यो महिनाको अन्तिमसम्म हेल्थ डेस्क स्थापना गरिने भएको हो ।
हेल्थ डेस्क स्थापनाको तयारी अन्तिम चरणमा पुगेको र डेस्कमा तत्कालका लागि एक एक जना हेल्थ असिस्टेन्ट र ल्याब टेक्निसियन खटाउने तयारी भएको स्वास्थ्य कार्यालय दार्चुलाले बताएको छ ।
हेल्थ डेस्कबाट स्वास्थ्य चौकीस्तरका सेवा प्रदान गरिने बताइएको छ ।