सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा आफैले पालेको गाईले हान्दा महिलाको मृत्यु

सांकेतिक तस्विर
सांकेतिक तस्विर
२०७७ माघ १८, १२:५१ खबर संवाददाता

बैतडी: आफैले पालेको गाईले हान्दा बैतडीमा एक महिलाको मृत्यु भएको छ।

जिल्लाको दशरथचन्द नगरपालिका–१ की ५० वर्षीया गोमती लुहारको गाईले हान्दा शुक्रबार साँझ मृत्यु भएको हो।

गोठमा बाँध्ने क्रममा गाईले लुहारलाई हानेको र उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको मृतकका भतिजा जगदीश लुहारले बताए। 


 

कमेन्ट लोड गर्नुस