सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना सङ्क्रमितको संख्या कम हुँदै

२०७७ माघ १५, ०७:२५ रासस

काठमाडौं : पछिल्लो २४ घण्टामा तीन हजार ७९१ जनाको पिसिआर परीक्षण गर्दा थप २१३ जनामा कोरोना सङ्क्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २१३ सहित हालसम्म सङ्क्रमित हुनेको कूल सङ्ख्या दुई लाख ७० हजार ५८८ पुगेको छ। 

पछिल्लो २४ घण्टामा निको भएका २९६ जनासहित कोरोनाबाट निको हुनेको कूल सङ्ख्या दुई लाख ६५ हजार ३६५ पुगेको छ। नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छैन। 

हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या दुई हजार २० पुगेको छ। मन्त्रालयका अनुसार हाल ११३ क्वारेन्टिनमा र २०३ जना आइसोलेशनमा छन्।

कमेन्ट लोड गर्नुस