सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको दशरथचन्दमा भोलि सार्वजनिक बिदा

२०७७ माघ १५, ०६:१४ खबर संवाददाता

बैतडी: बैतडीको दशरथचन्द नगरपालिकाले शुक्रबार(भोलि) सार्वजनिक विदा दिएको छ।

शहीद दशरथचन्दको जन्मभूमीमा विशेष कार्यक्रमको आयोजना गरि शहीद दिवस मनाइने तयारी भएकाले नगरक्षेत्रभित्र बिदा दिने निर्णय भएको हो।

गत मंगलबार बसेको कार्यपालिकाको निर्णय अनुसार शहीद दिवसका दिन बिदा दिने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रमबहादुर चन्दले बताए। 

बिदाको दिन नगरपालिकाभित्रका सबै शैक्षिक संस्था, वडा कार्यालय र दशरथचन्द नगरपालिकाको कार्यालय बन्द रहने नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरेको छ।

कमेन्ट लोड गर्नुस