बैतडीमा मनपरी भाडा असुल्दै जीप व्यवसायी
बैतडी: बैतडीका यातायात व्यवसायीले मनपरी भाडा लिइरहेको गुनासो गरिएको छ।
सतबाँझदेखि सञ्चालन हुने सवारी साधनमा मनोमानी भाडा असुल्ने गरेको सुर्नया गाउँपालिका ५ की अस्मिता मडैले बताइन। सनशेरीमाण्डौंदेखि सतबाँझको अढाई सय भाडा असुलेको उनले गुनासो गरिन।
यो भन्दा पहिलापनि सतबाँझदेखि सुर्नया जोड्ने सडकमा जीप व्यवसायीले मनोमानी भाडा असुल्ने गरेको आरोप लाग्दै आएको छ।
ट्राफिक प्रहरीले भने बढी भाडा असुल्ने जीप नम्बर दिएमा आफूहरुले कारवाही गर्ने बताएको छ। तोकिएको भाडा भन्दा बढी लिएको पाइएमा कानुन अनुसार कारवाही गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख आकाश रावलले बताए।
कच्ची सडकमा बढी भाडा लिएको विषयमा आफूहरुले पहिला पनि अनुगमन गरेको रावलले बताए।