सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा उत्पादन भएको उत्सव खाने तेल बाजुरामा उपभोग गर्न नपाइने

फाइल फोटो
फाइल फोटो
२०७७ माघ १४, ०३:११ प्रकाश सिंह

बाजुरा:  कैलालीमा उत्पादन भएको उत्सव खाने तेल उपभोग नगर्न जिल्ला प्रशासन कार्यालय बाजुराले अनुरोध गरेको छ। 

राज श्री ईण्डस्ट्रिज प्रालि राजपुर कैलालीले उत्पादन गरेको उत्सव ब्राण्डको खाने तेल बिक्रि वितरण तथा उपभोग नगर्न प्रशासनले अनुरोध गरेको हो।

उत्सव ब्राण्डको खाने तोरीको तेलको सम्बन्धमा गुनासो तथा उजुरी प्राप्त भएकोले सो तेल बिक्रि वितरण तथा उपभोग नगर्न अनुरोध गरेको सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले बताए। 

तोरीको तेलको गुणस्तरबारे गुनासो तथा उजुरी प्राप्त भएको र सोको निरीक्षणका क्रममा समेत कैफियत महसुस भएकाले गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए।

सो तेलको परीक्षण प्रतिवेदन प्राप्त नभएसम्मका उत्सव ब्राण्डको तोरीको तेल आयात, बिक्रि वितरण तथा उपभोग नगर्न सार्वजनिक सूचनामार्फत जिल्लाबासीलाई जानकारी गराएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए।

साथै उक्त तेल बिक्रि वितरण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस