सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा प्रधानमन्त्री रोजगार कार्यक्रम : ४ हजार बढीले रोजगारी पाउने

२०७७ माघ १४, ०८:१६ खबर संवाददाता

धनगढी : बैतडीमा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा ल्याइएसंगै ४ हजार २ सय बढीले रोजगारी पाउने भएका छन् ।

जिल्लाका स्थानीय तहहरुका अनुसार त्यहाँका रोजगार सेवा केन्द्रमा आवेदन दिएकामध्ये ४ हजार २ सय ८१ जना छनौटमा परेका हुन् । जस अन्तर्गत पुर्चौंडी नगरपालिकामा ४ सय ५४ जना प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि छनौट भएका छन् भने पाटन नगरपालिकामा ७ सय ६२ जना छनौट भएका छन् ।

त्यसैगरी मेलौली नगरपालिकामा २ सय ७१ जना, दशरथचन्द नगरपालिकामा ४ सय जना, डिलाशैनी गाउँपालिकामा ३ सय ३४ जना, दोगडाकेदार गाउँपालिकामा २ सय ७० जना, शिवनाथ गाउँपालिकामा ४ सय २३ जना, पञ्चेश्वर गाउँपालिकामा ५ सय ३८ जना, सुर्नया गाउँपालिकामा ८ सय ३३ जना र सिगास गाउँपालिकामा ४ सय ५१ जना छनौट भएका छन् ।

यसका लागि सुर्नयामा ४ करोड ३३ लाख, पाटनमा ३ करोड ९६ लाख, शिवनाथमा २ करोड १८ लाख, सिगासमा २ करोड १५ लाख ८६ हजार, दशरथचन्दमा २ करोड, मेलौलीमा १ करोड ४४ लाख र दोगडाकेदारमा १ करोड ३९ लाख ५७ हजार रुपैयाँ बजेट निकासा भएको बताइएको छ । 

कमेन्ट लोड गर्नुस