सुदूर नेपाललाई विश्वसँग जोड्दै

४ सय रुपैयाँले उकालो लाग्यो सुन

२०७७ माघ १३, १२:०० रासस

काठमाडौँ : स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । 

छापावाला सुन तोलामा ४०० रुपैयाँले वृद्धि भई ९२ हजार ८०० पुगेको छ । छापावाल सुन सोमबार तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोवार भएको थियो । 

यस्तै तेजाबी सुन तोलामा ४०० रुपैयाँले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।  तोलामा ९१ हजार ९०० रुपैयाँमा सोमबार कारोवार भएको तेजाबी सुन आज भने तोलामा ९२ हजार ३०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । 

चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । तोलामा एक हजार २६० रुपैयाँमा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार २५५ रुपैयाँ मूल्य निर्धारण भएको छ ।

कमेन्ट लोड गर्नुस