सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप ३३९ जनामा कोरोना संक्रमण, १० संक्रमितको मृत्यु

२०७७ माघ १२, ०४:३२ खबर संवाददाता

धनगढी: पछिल्लो २४ घन्टामा थप ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारीअनुसार, यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७ सय ८९ पुगेको छ। 

सोमवार ४ सय १ जना भाइरस मुक्त भएका छन्। यससँगै मुलुकभर कोरोना भाइरस मुक्त हुनेको संख्या २ लाख ६४ हजार ५ सय ३८ पुगेको छ। 

मन्त्रालयका अनुसार, सोमवार ३ हजार २ सय ४० जना संक्रिय संक्रमित छन्। 

यस दिन १० जनाले कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मुलुकभर २ हजार ११ जना संक्रमितले ज्यान गुमाएका छन्। 

 

कमेन्ट लोड गर्नुस