सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश नम्वर ७ को उर्वभुमिमा प्रागांरिक पदार्थ रित्तिदै

अम्लियपन हटाउन र प्रागांरिक पदार्थ बढाउन सके उत्पादन ५० प्रतिशतले बढ्ने 

२०७५ भदौ २३, ०७:१३

रसायनिक मल र विषादीको अत्याधिक प्रयोगले प्रदेश नम्वर ७ को उर्वभुमिमा प्रागांरिक पदार्थ घट्दै गएको छ । माटो विज्ञ बामदेव पनेरुका अनुसार रसायनिक मल र विषादीको अत्याधिक प्रयोगले प्रदेश नम्वर ७ को उर्वभुमिमा प्रागांरिक पदार्थ घट्दै गएको हो । माटोमा प्रागांरिक पदार्थको कमी हुँदै जाँदा विरुवाले माटोबाट आवश्यकता अनुसार खाद्य पदार्थ लिन नसक्दा उत्पादनमा कमी हुँदै जाने विज्ञहरुको दावी छ ।

माटोलाई जिवित राख्दै बढि उत्पादन लिनका लागि माटोको परिक्षण गराउँदै प्रागांरिक मलको प्रयोग गर्नुपर्ने माटो विज्ञ पनेरुले बताए । रशायनिक मलको प्रयोग गर्दा कृषकहरुले माटाको परिक्षण गरेर माटोलाई आवश्यकता परेको मलको प्रयोग गर्नुपर्ने भएकाले माटो परिक्षण अनिवार्य रुपमा गर्नैपर्ने उनको सुझाव छ । 
विरुवाले जिवित माटोबाट प्रांगारिक पदार्थहरु लिने गर्दछ । यहि पदार्थको कारण विरुवाले माटोबाट आफुलाई आवश्यक खाद्यबस्तु लिने गर्दछ । माटोमा जतिधेरै प्रांगारिक पदार्थ भयो त्यति नै छिटो विरुवाले आफुलाई चाहिने वस्तु सोसेर लिन सक्छ । तर पछिल्लो समय माटोमा हुनुपर्ने अनिवार्य प्रागांरिक पदार्थ रित्तिदै गएकाले सवै किसानहरुले माटो परिक्षण गरि उपचार गर्नुपर्ने देखिएको माटो परिक्षण प्रयोगशाला सुन्दरपुर कञ्चनपुरले जनाएको छ । 
उच्च पहाडी क्षेत्र वाहेकका अन्य ठाउँमा प्राङ्गारिक पदार्थ घट्दै जादा उत्पादनमा समस्या देखिएको छ । अन्नभण्डार मानिने प्रदेश नम्वर ७ का तराईको माटोमा प्राङ्गारिक पदार्थ निकै कम हुँदै गएको तथा यही गतिमा माटो निर्जीव नै त बन्ने होइन भन्ने चिन्ता बढेको छ । पछिल्लो २ बर्ष यता भने माटो परिक्षण गर्ने परिपाटी बढेको छ ।

अहिले माटो परिक्षण प्रयोगशालाले प्रदेश नम्वर ७ का ८८ वटै स्थानीय तहमा माटो परिक्षणको कार्यक्रम पनि राखेको छ । तर प्रदेश नम्वर ७ मा रहेको एक मात्र सरकारी स्तरको माटो परिक्षण प्रयोगशालमा रहेका उपकरण लामो समयदेखि विग्रिएर थन्किएकाले समस्या भएको छ । 
तत्काल बढी उत्पादन लिने लोभले रासायनिक मल र विषादी अत्यधिक प्रयोग गर्दा माटोका प्रमुख खाद्य तत्वहरूमा नकारात्मक असर पार्दछ । माटोको अम्लियपन हटाउन र माटोमा प्रागांरिक पदार्थको वृद्धि गर्नका लागि कृषी चुर्णको प्रयोग गर्नुपर्छ । यसका लागि माटो परिक्षण गरि माटाको अवस्था अनुसार त्यसको उपचार गर्नुपर्ने विज्ञहरुको सुझाव छ । माटो परिक्षण गरि माटोको अम्लियपन हटाउन र प्रागांरिक पदार्थ बढाउन सके उत्पादन ५० प्रतिशतले बढ्ने विज्ञहरुको दावी छ ।
 

कमेन्ट लोड गर्नुस