सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको मडगाउँमा पहिरो रोकथामका लागि गुरुयोजना निर्माण गरिने

फोटो: लोकदर्पण
फोटो: लोकदर्पण
२०७७ माघ १२, ०२:१६ नरेन्द्र कार्की

दार्चुला: दार्चुलाको व्यास गाउँपालिका–४ सुनसेरा मडगाउँको पहिरो नियन्त्रण गर्न गुरुयोजना निर्माण गरिने भएको छ।

२०२८ सालदेखि सुुरु भएको पहिरो नियन्त्रण र रोकथामको लागि गुरुयोजना निर्माण गरिन लागेको हो। 

पहिरोका कारण दर्जनौ बस्ती जोखिममा पर्न थालेको भन्दै गाउँपालिकाले पहिरो नियन्त्रणको लागि प्रक्रिया अघि बढाएको गाउँपालिका अध्यक्ष दिलिपसिह बुढाथोकीले बताए।  

गाउँपालिकाको गत ०७६ भदौ १७ गतेको कार्यपालिका बैठकमा पहिरो नियन्त्रणको लागि पहल सुुरु गरेको थियो।

गाउँपालिकाले जोखिमयुक्त पहिरो व्यवस्थापन आयोजना पुल्चोक ललितपुरलाई आग्रह गरेको थियो। सोहि अनुसार जोखिमयुक्त पहिरो व्यवस्थापन आयोजनाका बैज्ञानिक इन्जिनियर विराट श्रेष्ठ नेतृत्वको टोली गुरुयोजना निर्माणको लागि व्यासको सुनसेरा पुगेका थिए। 

गुरुयोजना निर्माणपछि पहिरो व्यवस्थापन प्रक्रिया अघि बढ्ने गाउँपालिकाले जनाएको छ। पहिरो नियन्त्रण हुन नसक्दा यहाँका मडगाउँ, भुलचौराका दर्जनौ बस्ती यसअघि नै विस्थापित भएका छन् भने पहिरो रोकिएको छैन।

महाकाली नदी किनारबाटै शुरु भएको पहिरो सुनसेरा मडगाउँ पुगेको छ। अहिले पनि पहिरोको छेउछाउमै घरहरु छन्।

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस