सुदूर नेपाललाई विश्वसँग जोड्दै

बजेट अभावको कारण देखाउदै धनगढीमा निर्माणाधिन थारु संग्राहलयको काम अलपत्र

२०७७ माघ १२, ११:४५ कमल सावद

धनगढीः बजेट अभावको कारण देखाउँदै धनगढीमा निर्माणाधिन राना थारु संग्रालयको काम अलत्रप पारिएको छ।

संघीय सरकारको बजेटमा धनगढी उपमहानगरपालिकाले निर्माण गर्नेगरि ३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरि ठेक्का सम्झौता गरिएको छ। तर संग्राहालयको काम ६ महिनादेखि अलपत्र परेको स्थानीयले बताएका छन्।
स्थानीय सानु रानाले ६ महिनादेखि संग्रालय भवनको काम रोकिएको बताइन्। 

उनले भनिन्, “सानो भवन निर्माण हुँदै थियो। संग्रालय भवन निर्माणका काम गर्दै थिए। तर माघीपछि उहाँहरु पनि आउनु भएको छैन्। एक जना चौकीदार मात्र छन्। अरु कोही आउँदैन्। ठेक्दारहरुलाई पनि देखेका छैनौ। खै किन काम गर्न छोड्नु भएको हो?”

विघटित प्रतिनिधिसभा सदस्य नारदमुनी रानाले समेत स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्फत लगानी गरेको उक्त संग्राहलयको काम अगाडि बढाउन चासो नदिदा निर्माणलाई गति दिन नसकेको गुनासो निर्माण व्यवसायीको छ।

संघीय सरकारको ६ करोड ६१ लाख बजेटको लागतमा निर्माण हुने भनिएको रानाथारु संग्रालयको काम अलपत्र पारिएपछि निर्धारित ३६ महिनाभित्रै सम्पन्न हुनेमा आशंका स्थानीयको छ। 
रानाले भनिन्, “राना थारु संग्रालय भनिएको छ। हामीलाई चाँडै निर्माण भएको भए राम्रो हुने थियो। तर काम हुदैछैन्। कति वर्ष लाग्छ खै ?”

धनगढी उपमहानगरपालिकाको वडा नम्बर १३ मा निर्माणाधिन अवस्थाको संग्राहालय निर्माणका लागि उपमहानगरपालिका र टीएस कन्ट्रक्शनबीच १८ महिनाअघि २०७६ असारमा सम्झौता भएपनि अहिले बजेट अभावको कारणल ६ महिना बढी समयदेखि काम रोकिएको छ। 

संग्राहलय छिट्टै निर्माण भएको हेर्ने इच्छा भएको बताउने स्थानीयले ६ महिनादेखि काम रोकिएपछि निराश बनाएको स्थानीय रानाथारु समुदायका अगुवाहरु बताउँछन्। 
संग्रालय भवन, प्रर्खाललगायत निर्माणाधिन अवस्थाका संचरनाको काम अहिले भने रोकिएको छ। सुरक्षा गार्ड र प्रशासनिक भवनको काम अन्तिम चरण रहेका बेला बजेट अभावले अन्य काम रोकिएको बताउँदै प्रशासनिक भवनको ग्रीलको काम भने जारी रहेको दाबी गरिएको छ। 

पीएस कन्ट्रक्शनका सञ्चालक टेक मल्लले पेटी ठेक्दारले रकम नपाएकाले काम छोडेको बताए। 
“एक जना साथिले काम गर्दै हुनुहुन्थ्यो। तर बिलको पनि रकम दिएको छैन्। उहाँले काम गर्दैन भन्नु भएको छ। उहाँसँग हिसाव गर्नु छ। माघ १५ बाट अर्काे साथीलाई दिने सोचेको छु। १५ बाट काम सुरु गर्छाै,” उनले भने।
थारु संग्राहालयको संरचना निर्माणका लागि गत आर्थिक वर्ष २०७६÷०७७ मा विघटित प्रतिनिधिसभा सदस्य नारदमुनी रानाको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ५० लाख र तराई मधेश समृद्धि कार्यक्रमको २५ लाख गरि ७५ लाख बजेट विनियोजन भएको थियो। 

तर यसमा उपमहानगरपालिका आफैले भने लगानी गरेको छैन। अहिले बजेट नआएको कारण काम अगाडि बढाउन नसकिएको धनगढी उप–महानगरपालिकाका डिभिजन ईन्ज्निियर दिजराज भट्टले बताए। उनले भने, निर्माण कम्पनीले काम सुरुवात गरेको थियो। तर पैसा छैन्। यो वर्ष २० लाख मात्र छ।”

चालु वर्षमा तराई मधेश समृद्धि कार्यक्रमले संग्राहलयका लागि २० लाख बजेट हालेपनि थप बजेट व्यवस्थापन हुन नसकेको बताइएको छ। 
यसैबीच प्रतिनिधि सभा सदस्य रानाले केही समय पहिला जग्गाको विषयले असहजता हुँदा बजेट रोकिएको बताए। तर अब जग्गा विवाद पनि समाधान भएको बताउँदै काम अगाडि बढ्ने जानकारी दिए।
 

कमल सावद, दिनेश खबरका सहायक सम्पादक हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस