थप २७० जनामा कोरोना पुष्टि
धनगढी: नेपालमा कोरोना संक्रमणमुक्त हुनेको दर ९८ प्रतिशत पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घन्टामा ४ हजार ४ सय १३ पिसिआर परीक्षण गर्दा थप २ सय ७० जनामा कोरोना पोजेटिभ देखिएको जनाएको छ।
योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ६९ हजार ४ सय ५० पुगेको छ।
देशभर थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार १ पुगेको छ।
हाल नेपालभर सक्रिय संक्रमितको संख्या ३ हजार ३ सय १२ रहेको छ। जसमा ७ सय ७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् भने २ हजार ५ सय ३७ जना होम आइसोलेसनमा रहेका छन्।