कुशल कार्यक्रम प्रस्तोता अवार्ड डोटीका पत्रकार कुँवरलाई
धनगढी : लामो समयदेखि डोटीमा रहेर रेडियो क्षेत्रमा कार्यरत रेडियोकर्मी चक्र कुँवरले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेका छन्।
शनिबार काठमाडौंमा बुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालले आयोजना गरेको हिमालयन अन्तर्राष्ट्रिय अवार्डमा पत्रकार कुँवरलाई कुशल रेडियो कार्यक्रम प्रस्तोताको अवार्ड दिइएको हो। अवार्ड प्राप्त गरेपश्चात कुँवरले खुसी व्यक्त गरेका छन्।
कुँवर डोटीमा एफएम रेडियो पत्रकारिताको स्थापनाकालदेखि कार्यरत छन्। पत्रकार कुँवर रेडियो डोटीको प्रवन्ध निर्देशक हुन। उनी नेपाल प्रेस यूनियन डोटीको उपाध्यक्ष समेत रहेका छन्।