सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री कप क्रिकेटः एपिएफ क्लब सेमिफाइनलमा

२०७७ माघ १०, ०९:०० रासस

प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विजयी हुँदै सशस्त्र प्रहरी बलको एपिएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। 

एपिएफले कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो। लगातार तीन खेल जितेको त्रिभुवन आर्मी क्लब पनि यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ । पराजित कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपिएफले जितका लागि कर्णालीसमक्ष २१९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। कर्णालीले भने ४३ दशमलव दुई ओभरमा सबै विकेट गुमाएर १४७ रन मात्र बनायो। कर्णालीका लागि हेमन्त ओलीले ५८, हिमांशु शाहीले २०, कप्तान रवीन्द्र शाहीले १४, अभिषेक ठकुरीले १२ तथा राज शाहले १२ रन बनायो। 

बलिङतर्फ एपिएफका लागि वसन्त रेग्मी र किशोर महतोले तीन/तीन, भुवन कार्कीले दुई तथा कप्तान शरद भेषवाकरले एक विकेट लिनुभयो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको एपिएफले ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै २१८ रन बनाएको थियो। एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ६० रन बनाए। 

यस्तै अमरसिंह राउटेलाले ३१, सुवास खकुरेलले २३, शङ्कर रानाले १५, भुवन कार्कीले १५, वसन्त रेग्मीले १४ तथा सुमी महर्जनले १० रनको योगदान दिए। बलिङतर्फ कर्णालीका रवीन्द्र शाही र अनुज चुनाराले तीन÷तीन तथा दिवान पुन र राज शाहले दुई÷दुई विकेट लिए। 
 

कमेन्ट लोड गर्नुस