सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको पर्यटकिय स्थल खापर दहको पुननिर्माण हुँदै

२०७७ माघ १०, ०६:३० खबर संवाददाता

प्रताप ओली, बझाङ : बझाङको थलारा गाउँपालिकाका पर्यटकिय स्थल मध्येको खापर दहको पुननिर्माण कार्य चलिरहेको छ।

कालापानी खापरदह वनको बीच भागमा अवस्थित दह थलारा गाउँपालिका जलस्रोत व्यवस्थापन परियोजना र स्थानीयको जनसर्वदानबाट निर्माण हुन लागेको हो। 

वरपर हराभरा जङ्गल र थुम्काकाबीचमा रहेको दहको पुननिर्माण सकिएपछि पर्यटक संख्यामा वृद्धि हुने अपेक्षा गरिएको छ 

हाल निर्माणाधिन अवस्थामा रहेको दह पहिले ठूलो ताल भएपनि पानीका मुहान सुक्न गइ ताल क्षेत्र खुम्चिन पुगेको थियो। अहिले वरिपरी पर्खाल निर्माण गरि नजिकै रहेको अन्साल्ला भन्ने ठाउँबाट पाइपद्धारा पानी लिएर ताल भर्ने योजना रहेको  खापरदह पुनर्भरण रिचार्ज पोखरी आयोजनाका अध्यक्ष नरबहादुर खड्काले बताए।  

ताल संरक्षणका लागि अहिले २ मिटर उचाई, १ सय १५ मिटर लम्बाइ र १ मिटर चौडाइको पर्खाल निर्माण भइरहेको छ। आगामी असार १२ गतेसम्म सक्ने लक्ष्यका साथ काम भइरहेको अध्यक्ष खड्काले बताए। उनका अनुसार अहिलेसम्म २२ लाख ७८ हजार पेश्की लिएर काम भइसकेको छ। 

गाउँपालिका र जलस्रोत परियोजनाको संयुक्त गरि ८७ लाख बजेटले तालको संरक्षण गर्ने लक्ष्य भए पनि अझै योजना अनुसार रकम अभाव हुने देखिएको अर्का स्थानीय लक्ष्मण खड्काले बताए। 

कमेन्ट लोड गर्नुस