सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप २३२ जनामा कोरोना पुस्टि, ८ संक्रमितको मृत्यु

२०७७ माघ १०, ०५:०१ खबर संवाददाता

धनगढी : नेपालमा २ सय ३२ जना कोरोना संक्रमित थपिएका छन्।

यो सँगै कुल संक्रमितको संख्या २ लाख ६९ हजार १ सय ८० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ४ सय ५२ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ३ हजार ५ सय ४१ जनाको पिसिआर परीक्षण गर्दा २ सय ३२ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ३८ हजार ८ सय ४२ पुगेको छ। 

शनिबार थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ। हाल १ सय ४७ जना क्वारेन्टाइनमा छन्। 

गत २४ घण्टामा ३ सय ८६ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६३ हजार ७ सय ३४ पुगेको मन्त्रालयले जनाएको छ।  

कमेन्ट लोड गर्नुस