सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री कपबाट बाहिरियो सुदूरपश्चिम

२०७७ माघ १०, ०२:१८ खबर संवाददाता

धनगढी:  शनिबार मुलपानी क्रिकेट मैदानमा लुम्बिनी प्रदेशसँग ६ विकेटले पराजित हुँदै सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिएको हो।

लगातार तेस्रो हार ब्यहोर्दै सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिएको हो।

सुदूरपश्चिमले दिएको ६३ रनको सामान्य लक्ष्य लुम्बिनीले १४.४ ओभरमा ४ विकेट गुमाएर भेट्टायो।

उसका लागि कप्तान कृष्ण कार्कीले १५ रन बनाउँदा सौरभ खनाल १८ र प्रकाश केसी १७ रनमा अविजित रहे।

बलिङमा सुदूरपश्चिमका शेर मल्लले २ विकेट लिँदा विनोद लामाको नाममा एक विकेट रह्यो।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २७ ओभर ४ बलमा अलआउट हुँदै ६२ रन बनाएको थियो।

सुदूरपश्चिमका लागि नारायण जोशीले सर्वाधिक १७ रनको योगदान दिए।

कप्तान सन्तोष भट्टले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन बनाउन सकेनन्। सुदूरपश्चिमका तीन खेलाडी शून्यमा आउट भए।

सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका कप्तान कृष्ण कार्कीले ४ विकेट लिए।

यस्तै अनिल खरेल र विक्रम भुसालले २–२ विकेट लिँदा सन्दीप सुनार र दीपेन्द्र रावतको नाममा एक–एक विकेट रह्यो।

जितसंगै समूह ‘बी’ को लुम्बिनीले दोस्रो स्थानमा उक्लिएको छ। उसले ३ खेलमा ४ अंक जोडेको छ।

प्रतियोगितामा अंकविहीन सुदूरपश्चिम पहिलो खेलमा बागमती प्रदेशसँग १८० रनले पराजित भएको थियो भने दोस्रोमा पुलिससँग ९ विकेटले हारेको थियो।

कमेन्ट लोड गर्नुस