सुदूर नेपाललाई विश्वसँग जोड्दै

हेल्प फर हेप्पीनेसकी सदस्य साउंदको जन्मदिनको अवसरमा सहयोग

२०७७ माघ ९, ०४:०२ खबर संवाददाता

समाजिक संस्था हेल्प फर हेप्पीनेस सुदूरपश्चिम प्रदेश अन्तर्गत आपतकालीन असहाय सहयोग कोषकी सदस्य कस्मिर साउँदको जन्मोत्सव मनाईएको छ। 

धनगढीको दृस्टी फाउन्डेसनमा हृदयको आँखा कार्यक्रम आयोजना गरी फाउण्डेसनमा आश्रित असहाय एवंम् मनोरोगीहरुसँग जन्मदिन मनाईएको हेल्प फर ह्याप्पीनेस सुदूरपश्चिम प्रदेशका संयोजक घनश्याम भण्डारीले बताए ।

जन्मदिनको अवसरमा दृष्टि फाउण्डेसनमा आश्रित असहाय तथा मनोरोगीलाई सहयोगार्थ खाद्यान्न तरकारी लगायत दैनिक आवश्यकताका सामान समेत हस्तान्तरण गरिएको छ। चामल, दाल,तेल,मसला,बिस्कुट  आलु,काउली ,टमाटर,साबुन, सर्फ,लगायतका समाग्री हस्तान्तरण गरिएको हेल्प फर हेप्पीनेसले जनाएको छ।

जन्मोत्सव कार्यक्रममा हेल्प फर ह्यप्पिनेस सुदूरपश्चिमका संयोजक घनश्याम भण्डारी, एच एफ एच इमर्जेन्सी मेडिकल टिमका दृष्टि विशेषज्ञ डा.युवराज जोशी,आपतकालीन असहाय सहयोग कोषका सदस्यहरु  लगायतको उपस्थिती रहेको थियो।

कार्यक्रममा दृष्टिफाउण्डेसनका तर्फबाट बोल्दै संस्थाकि अध्यक्ष कल्पना भट्टले ह्याप्पीनेस टिमले निरन्तर साथ र सहयोग गरेको प्रति धन्यावाद दिँदै अगामी दिनमा पनि सहयोगको अपेक्षा गरिन्। ह्याप्पीनेसले संस्थामा आवद्ध सदस्यहरुको जन्म दिनमा ह्रदयको आँखा कार्यक्रम मार्फत असहायहरुलाई सहयोग गर्दै आएको छ।


 

कमेन्ट लोड गर्नुस