सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्युतको अत्तरिया–चमेलिया १३२ केभी प्रसारण लाइन धरापमा

२०७७ माघ ९, ०१:२२ कमल सावद

धनगढीः नेपाल विद्युत प्राधिकरणको अत्तरिया–चमेलिया १३२ केभी प्रसारण लाइन धरापमा परेको छ। 

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ को भ्यागुते पानी भन्ने स्थानमा बर्षातको समयमा १३२ केभी प्रसारण लाइनको टावरको जग भाँसिदा प्रसारण लाइन नै धरापमा परेको हो। 

नेपाल विद्युत प्राधिकरण अत्तरियाका प्रमुख जगदिश जोशीका अनुसार विद्युत विभागको समूहले भाँसिएको जमिनमा रहेको विद्युतको टावर मर्मतका लागि स्टिमेट बनाएको छ। टावर स्थानन्तरणका लागि स्टिमेट बनाइएको हो। तर अहिलेसम्म स्थानन्तरणको काम सुरु भएको छैन्। 

जोशीले भने, “स्थानन्तरणका लागि स्टिमेट बनाइएको छ। तर अहिले मर्मत मात्र गर्ने हो। विभागले स्टिमेट बनाएकाले स्थानन्तरण समेत हुन्छ। तर मर्मतका लागि एक समूह आएको छ। 

चमेलिया जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत लाइन धरापमा भएको ६ महिना बढी हुँदा पनि मर्मत नभएको हो। यो लाइन मार्फत चमेलियाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। 


 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस