सुदूर नेपाललाई विश्वसँग जोड्दै

जाडोमा तातोपानीले नुहाउनु किन खतरनाक ?

२०७७ माघ ८, ०६:५४

एजेन्सी–जाडोको समयमा प्रायः तातोपानीले नुहाउने गरिन्छ। तर, विशेषज्ञका अनुसार चिसो मौसममा तातोपानीले नुहाउँदा शरीरलाई नोक्सान पुर्याउँछ। तातोपानीमा हुने केराटिनले छालाका कोषहरु मार्ने भएकाले यसले छाला चिलाउने, सुख्खा हुने र छालामा विभिन्न प्रकारका दागहरु पैदा गर्ने गर्छ।

तातोपानीले नुहाउँदा मात्र होइन धेरै गर्मी कपडा लगाउँदा पनि नोक्सान पुग्छ। यसले शरीरलाई धेरै तातो बनाउने हुँदा समस्या आउने गर्छ। चिसोले शरीरमा रोग प्रतिरोधात्मक प्रणालीले सेतो रक्त कोशिकाहरु निर्माण गर्ने र यसले शरीरलाई विभिन्न प्रकारका इन्फेक्सनबाट बचाउँछ।

तर शरीरमा तापक्रम बढी भयो भने यसले काम गर्न सक्दैन। यसैगरी, जाडोमा धेरै खानेकुरा पनि खानुहुँदैन। गर्मीको मौसममा भन्दा जाडोमा खाना पाचन हुने प्रक्रिया कमजोर हुन्छ।

त्यसैले, चिसो मौसममा फाइबर भएको खानेकुरा तथा फलफूल धेरै सेवन गर्नुपर्छ। साथै, थोरै मात्रामा चिया वा कफिको सेवन गर्नुपर्छ। धेरै क्याफिन भएको पेयपदार्थले पनि शरीरलाई नोक्सान पुर्याउँछ। 
 

कमेन्ट लोड गर्नुस