सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालमा थप ४ संक्रमितको मृत्यु, मृतकको संख्या १ हजार ९७९ पुग्यो

२०७७ माघ ८, ०४:५० खबर संवाददाता

धनगढी :  पछिल्लो २४ घण्टामा नेपालमा थप ४ जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९७९ पुगेको छ।

 यस्तै, पछिल्लो २४ घण्टामा देशभर ३ सय ३६ जना कोरोना संक्रमित थपिएका छन्। नेपालमा हालसम्म कुल २० लाख ३१ हजार ७ सय ५६ जनाको पीसीआर नमुना परीक्षण भएको छ।

यस्तै, देशभरबाट थप २ सय २६ जना निको भएर घर फर्किएका छन्। यो सँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ६२ हजार ८ सय ६८ पुगेको छ।

कमेन्ट लोड गर्नुस