सुदूर नेपाललाई विश्वसँग जोड्दै

९७.९ प्रतिशत कोरोना निको

२०७७ माघ ७, ०७:४७ रासस

काठमाडौँ: पछिल्लो २४ घण्टामा ११२ महिला र २०६ पुरुष गरी थप ३१८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ।

थप पाँच हजार १२ स्वाब परीक्षण गर्दा  ३१८ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

हालसम्मको कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ६८ हजार ३१० मध्ये दुई लाख ६२ हजार ६४२ जना निको भएका छन्। आज थप ३८३ जना डिस्चार्ज भएसँगै निको हुने ९७.९ प्रतिशत पुगेको छ। हालसम्म २० लाख २६ हजार ७२६ जनाको आरटी पिसिआर परीक्षण गरिएको छ।

गत २४ घण्टामा थप छको मृत्युसहित हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ९७५ पुगेको छ। 

कमेन्ट लोड गर्नुस