सुदूर नेपाललाई विश्वसँग जोड्दै

५ सय रुपैयाँले उकालो लाग्यो सुनको मूल्य

२०७७ माघ ७, ०४:०८ रासस

काठमाडौँ : स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज प्रतितोला ५ सय रुपैयाँले उकालो लागेको छ ।  

प्रतितोला ९२ हजार रुपैयाँमा मङ्गलबार कारोवार भएको छापावाला सुन आज तोलामा ५०० रुपैयाँले उकालो लागेर  ९२ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोवार भएको तेजाबी सुन आज ९२ हजार मूल्य निर्धारण भएको छ । 

यस्तै चाँदी तोलामा नै १५ रुपैयाँले वृद्धि भएको छ । चाँदी तोलामा एक हजार २४५ रुपैयाँमा मङ्गलबार कारोवार भएको थियो । चाँदी तोलामा आज एक हजार २६० रुपैयाँ मूल्य निर्धारण हुने भएको छ ।

कमेन्ट लोड गर्नुस