सुदूर नेपाललाई विश्वसँग जोड्दै

२ दिनका लागि खुलेको झुलाघाट नाकाबाट २ हजार बढीले आवतजावत गरे

फाइल फोटो
फाइल फोटो
२०७७ माघ ७, ०३:४५ खबर संवाददाता

बैतडी: बैतडीको झुलाघाट नाकाबाट २ दिनामा २ हजार बढी नागरिकले आवतजावत गरेका छन्।

जिल्ला प्रशासन कार्यालय बैतडी र भारतको पिथौरागढ प्रशासनको संयुक्त समन्वयमा सोमबार र मंगलबार गरि २ दिन नाका खोलिएको थियो। 

सीमा प्रहरीचौकी झुलाघाट नाकाका अनुसार २ दिनको अवधीमा १९३ जनाले पेन्सन बुझेका छन् भने १३० जना रोजगारीका लागि भारत गएका छन्। यस्तै दुईदिनको अवधिमा ६० जना भारतबाट नेपाल आएका छन्। 

त्यस्तै सो अवधीमा अन्य १ हजार ५ सय ७५ जनाले आवतजावत गरेका बताइएको छ।

कोरोना भाइरसको महामारीका कारण गएको चैतदेखि बन्द रहेको सीमा नाका बेलाबेलामा दुवै देशका स्थानीय प्रशासनको समन्वयमा खुला गर्ने गरिएको छ।

कमेन्ट लोड गर्नुस