सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम र प्रदेश नम्बर १ ब्याटिङमा

। फोटो स्रोत ।
२०७७ माघ ७, १२:२८ रासस

काठमाडौँ : चौंथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल भइररहेका छन् । 

त्रिभुवन आर्मी क्लब र प्रदेश नम्बर १ तथा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच अहिले खेल भइरहेको छ । सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर १ ले ब्याटिङ गरिरहेका छन् । मूलपानी क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबविरुद्धको खेलमा टस जितेर प्रदेश १ ब्याटिङमा उत्रेको हो ।

प्रदेश १ ले २६ ओभरको खेल सकिँदा तीन विकेट गुमाएर ८६ रन बनाएको छ । उपाधिको दाबेदार मानिएको आर्मी लगातार तेस्रो जितको खोजीमा हुनेछ । यसअघि उसले गण्डकी प्रदेश र कर्णाली प्रदेशलाई हराइसकेको छ । आर्मी चार अङ्कसहित लिगको शीर्ष स्थानमा छ ।

यसैगरी अर्को खेल कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा पुलिस क्लब र सुदूरपश्चिमबीच भइरहेको छ । टस हारेपछि अहिले सुदूरपश्चिम ब्याटिङ गरिरहेको छ । सुदूरपश्चिमले २९ ओभरको खेल सकिँदा सात विकेट गुमाएर १०४ रन बनाएको छ । दुबै टोली पहिलो जितको खोजीमा छन् ।

कमेन्ट लोड गर्नुस