बाजुरामा ३ वटा घरेलु बन्दुकसहित १ जना पक्राउ
बाजुरा : बाजुरामा ३ वटा घरेलु बन्दुकसहित एक जना पक्राउ परेका छन। जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ सुदाडाबाट घरेलु बन्दुकसहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा खप्तड छेडेदह गाउँपालिका सुदाडाकै लालबहादुर सेजुवाल बाजुराका प्रमुख प्रहरी नायब उपरिक्षक मदनजीत महराले बताए।
सेजुवाललाई पक्राउ गर्दै घर नजिकैको भैसी गोठमा लुकाएको अवस्थमा ३ वटा घरेलु बन्दुक बरामद गरिएको प्रहरी नायब उपरीक्षक महराले बताए।
निजलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले सोही ठाउँबाट अज्ञात जंगली जनावरको छाला समेत बरामद गरेको छ।