सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय महिला लिगको उद्घाटन खेलमा त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब खेल्दै

फाइल फोटो
फाइल फोटो
२०७७ माघ ७, ०८:०९ खबर संवाददाता

आजदेखि सुरु हुने राष्ट्रिय महिला लिग फुटबलको उद्घाटन खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब खेल्दै छन् ।

खेल दशरथ रंगशालामा दिउँसो २ बजे हुनेछ । उद्घाटन पछिका अरु खेल भने एन्फाको मैदान सातदोबाटोमा हुनेछन् । 

एन्फाले महिला लिगको उद्घाटन खेल हेर्नका लागि दर्शकलाई निःशुल्क प्रवेशको सुविधा दिएको छ । पहिलो पटक डबल राउण्ड रोबिनको आधारमा आयोजना हुन लागेको महिला लिगमा ७ टोली सहभागी हुनेछन् ।

यस पटकको महिला लिगमा सहभागी टोलीले ४ विदेशी खेलाडी समेत राख्न पाउनेछन् । प्रतियोगितोको विजेता टोलीले १० लाख रुपैयाँ, दोस्रो हुनेले ८ लाख, तेस्रो हुनेले ५ लाख, चौथो हुनेले ३ लाख रुपैयाँ पाउने एन्फाले जनाएको छ । 

यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर प्राप्त गर्ने र विधागत उत्कृष्ट खेलाडीले जनही ५० हजार रुपैयाँ पाउने एन्फाले जनाएको छ ।

कमेन्ट लोड गर्नुस