थप ३४८ जनामा कोरोना पुस्टि, ४ संक्रमितको मृत्यु
धनगढी : नेपालमा ३४८ जना कोरोना संक्रमित थपिएका छन्।
यो सँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ३ हजार ७६४ जना सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ४ हजार ९५६ जनाको पिसिआर परीक्षण गर्दा ३४८ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख २१ हजार ७१४ पुगेको छ ।
मंगलबार थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय ६९ पुगेको मन्त्रालयले जनाएको छ। हाल १९० जना क्वारेन्टाइनमा छन्।
गत २४ घण्टामा ४४१ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६२ हजार २५९ पुगेको मन्त्रालयले जनाएको छ।