सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु

२०७७ माघ ६, ०१:५३ खबर संवाददाता

धनगढी: भारतमा कोरोना भाइरसको खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु भएको छ।

शनिबार कोरोना खोप लिएका दुई स्वास्थ्यकर्मीको आइतबार र सोमबार मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

दुवै स्वास्थ्यकर्मीको मृत्युको कारण भने हृदयाघात भएको बताइएको छ।

आइतबार साँझ भारतको उत्तर प्रदेशको मुरादाबादका ४६ वर्षीय स्वास्थ्यकर्मीको निधन भएको थियो।

त्यस्तै शनिबार खोप लिएका कर्नाटकका ४३ वर्षीय अर्का स्वास्थ्यकर्मीको सोमबार मृत्यु भएको छ। 

कमेन्ट लोड गर्नुस