सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा १६ वर्षीया किशोरीमाथि बलात्कार, दुईजना पक्राउ

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर
२०७७ माघ ६, ०१:२६ खबर संवाददाता

बैतडी: बैतडीकी एक १६ वर्षीया किशोरीमाथि बलात्कार भएको घटना सार्वजनिक भएको छ।  

बालात्कारको आरोपमा जिल्लाको सिगास गाउँपालिकाकी– ५ का टेकबहादुर धामी र लक्ष्मण धामी पक्राउ परेको प्रहरीले जनाएको छ। 

पीडित किशोरीका आफन्तले दिएको किटानी जाहेरीका आधारमा दुवै जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ।  

किशोरीमाथि ३/४ महिना पहिला नै बलात्कार भएको र किशोरी गर्भवती भएपछि बलात्कारको घटना बाहिर आएको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस