सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रिमियर लिगमा आर्सनलसँग न्यूक्यासल ३-० गोल अन्तरले पराजित

२०७७ माघ ६, ०७:५७ खबर संवाददाता

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल विजयी भएको छ । 

गएराति भएको खेलमा आर्सनलले न्यूक्यासललाई ३–० गोल अन्तरले पराजित गरेको हो । आर्सनलका लागि पिएरे एम्रिक औबामियाङले दुई गोल गरे हुन् । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा पिएरेले पहिलो गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । यस्तै बुकायो साकाले खेलको ६० औं मिनेटमा एक गोल गरे  । खेलको ७७ औं मिनेटमा पिएरेले दोस्रो गोल गर्दै आर्सनललाई ३(० को सहज जित दिलाए ।

जितसँगै आर्सनल अंक तालिकाको १० औँ स्थानमा पुगेको छ । १९ खेलमा २७ अंक जोडेको आर्सनलले एस्टोन भिल्लालाई पछि पार्दै १० औँ स्थानमा उक्लिएको हो । आर्सनलसँग पराजित न्यूक्यासल भने तालिकाको १५ औँ स्थानमा छ । 

 

कमेन्ट लोड गर्नुस