सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटी जेसिजको अध्यक्षमा ओझा

२०७७ माघ ५, ०६:१८ खबर संवाददाता

डोटी: डोटी जेसिजको अध्यक्षमा विजयराज ओझा सर्वसम्मत चयन भएका छन्। सोमबार डोटी जेसिजको आठौं जिल्ला अधिवेशनबाट ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो।

जसको कार्यकारी उपाध्यक्षमा गणेश बोहरा, हिक्मत साउदलाई चयन गरिएको छ। त्यस्तै उपाध्यक्षहरुमा भरत बम, कृष्ण धामी, अमर बहादुर खड्का र रोशन बहादुर कठायत चयन भएका छन्।  

महासचिवमा गणेश कठायत, कोषाध्यक्षमा प्रवीण उपाध्याय चयन भएका छन्।  कानूनी सल्लाहकारमा रोशन कठायतलाई चयन गरिएको छ। निवर्तमान अध्यक्ष निर्मला खत्री आइपिपीमा स्वतः चयन भएकी छिन्।

२०२० का अध्यक्ष निर्मला खत्रीको सभापतित्वमा भएको कार्यक्रममा केआईसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाही प्रमुख अतिथि रहेका थिए। 
 

कमेन्ट लोड गर्नुस