सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममाथि बागमतीको फराकिलो जित

२०७७ माघ ५, ०४:२१ खबर संवाददाता

धनगढी: बागमती प्रदेशले सुदूरपश्चिम प्रदेशमाथि १८० रनको  फराकिलो जित हात पारेको छ।

सोमबार कीर्तिपुरस्थित विश्वविद्यालय क्रिकेट मैदानमा बागमतीले दिएको ३ सय रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमको ब्याटिङ नचल्दा फराकिलो हार व्यहोरेको हो।

चुनौती पछ्याउँदै ब्याटिङ गरेको सुदूरपश्चिमले २१ ओभरमा सबै विकेटको क्षतिमा ११९ रनमात्रै बनाउन सक्यो। अग्रपंक्तिका चार खेलाडी शुन्यमा आउट हुँदा सुदूरपश्चिमले सुरुमै दबाबमा खेलेको थियो।

टस हारेर पहिले ब्याटिङ गरेको बागमतिले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २९९ रन बनाएको थियो। 

कमेन्ट लोड गर्नुस